☰ open Loading... 5 February 2025|  

एमाले दैलेख अधिवेशनमा खसेको भन्दा ३१ मत बढी भेटियो, निर्वाचन रद्द
  | २८ पुष २०७८, बुधबार ०५:४८

दैलेख । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। मतदान गरेका जम्मा मतदाताभन्दा ३१ वटा बढी मतपत्र मतपेटिकाभित्र फेला परेपछि अध्यक्ष मण्डल नैतिक प्रश्नको घेरामा परेको हो ।

यस्तो हर्कत कहाँबाट भयो भन्ने विषय अहिलेसम्म खुलेको छैन । हाल मत गणनाको काम स्थगन गरि छानबिनको माग अघि सारिएको एमाले पोलिट्व्यूरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिए।

यस्तै एमाले पोलिट्व्यूरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलको नेतृत्वमा अध्यक्ष मण्डल गठन भएको छ । जसमा दैलेखबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू सदस्य छन् ।

जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको छ।