☰ open Loading... 6 February 2025|  

दैलेखमा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
  | २८ पुष २०७८, बुधबार १९:२०

दैलेख- दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।ठाटिकाँध गाँउपालिका–६ की २० वर्षीया कल्पना खत्रि सिजापतिलाई अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।मंगलबार देखि नै सुत्केरी व्यथा लागेर थलिएकी कल्पनाको स्थानिय स्वास्थ्य चौकीमा भनेजस्तो उपचार हुन नसकेपछि बुधबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी कल्पनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए।