☰ open Loading... 6 November 2025|  

भरुवा बन्दुक सहित एक जना पक्राउ
  | ३० पुष २०७८, शुक्रबार ०५:२४

दैलेख- दैलेखमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नौमूले गाउँपालिका वडा नंं २ धनीगाउँका २७ बर्षीय नबिन शाहीको घरमा बन्दुक फेला परेको हो ।

भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नौमूलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले खान तलासी गर्दा सो वन्दुक फेला पारेको।उक्त बन्दुक बरामद गर्नुका साथै शाहीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई शाहीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धा चलाईएको प्रहरीले जानकारी दिएको छ।