दैलेख –दैलेख सदरमुकाममा सञ्चालनमा आएका अटो रिक्साका चालकहरुलाई प्रशिक्षण दिएको छ ।ट्राफिक प्रहरीले अटो रिक्साहरुलाई व्यवस्थित गर्न भन्दै चालकलाई प्रशिक्षण दिएको जनाएको छ ।विना लाईसेन्स अटो चलाउन नपाईने भन्दै यदी चलाएकोे पाईएमा कानुन अनुशार कारवाही गर्ने दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले बताए।सदरमुकाममा संचालित अटो रिक्साले निर्धा्रित भडादर भन्दा बढि भाडा असुल्ने, क्षमता भन्दा बढि यात्रु बोक्ने, बजार क्षेत्रमा आवश्यक भन्दा तिव्र गतिमा अटो चलाउँने गरेको अटो यात्रुहरुले गुनासो गरेकाले अटो चालकहरुले सुधार नगरे कारवाही गरिने प्रहरी प्रमुख साहले जानकारी दिए ।
अटोमा ३ जना मात्रै यात्रु राख्न र चालक बस्ने सिटको दाँया÷वाँया यात्रु नराख्न निर्देशन दिएको छ । कार्यक्रमा ट्रापिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक दिपेन्द्र केसीले ट्राफिक नियमका विविध पक्षका वारेमा जानकारी गराएका थिए । कार्यक्रममा दैलेखमा सञ्चालित २५ भन्दा धेरै अटो रिक्सा चालकहरुको सहभागिता रहेको थियो ।जिल्लाम संचालित यातायातका सवारी साधानबाट दुर्घटनाका कारण मानिसले ज्यान गुमाउन नपरोस भनि चेकजाँचमा थप कडाई गरिने पनि प्रहरी नायव निरिक्षक केसिले जानकारी दिए ।
यस्तै कोरोना संक्रमण दर बढदै गएकाले अटो चालक, अटो यात्रुहरुले कोरोना बिरुद्धको खोप लगाउनु पर्ने रअनिर्वाय माक्स, सेनिटाइजर प्रयोग गर्नुपर्ने बताएको छ । प्रहरीले जिल्लाका बजार क्षेत्रमा कोरोना सम्बन्धी जानकारी दिँदै सेनिटाइजर प्रयोग नगर्ने,माक्स प्रयोग अनिवार्य नगरेमा जरिवाना सहित कारबाही गर्ने जनाएको छ।