☰ open Loading... 5 May 2024|  

नेपालगन्ज नाकामा थप २७ जनामा कोरोना पुष्टि
  | ५ माघ २०७८, बुधबार ०५:२०

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।भारतबाट नेपाल भित्रिएका २५ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । २९० जनाको कोरोना परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हो ।भारतमा कोरोना तीव्र गतिमा फैलिएपछि नेपालगन्ज नाकाबाट दिनहुँ एक हजारको हाराहारीमा नेपालीहरू नेपाल फर्कने गरेका छन् ।