| १२ माघ २०७८, बुधबार ०५:०८
काठमाडौं –पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६१७२ जना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ ।हाल देशभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय संक्रमित छन्।