☰ open Loading... 30 April 2024|  

बस दुर्घटना हुँदा चार जना घाईते
  | १३ माघ २०७८, बिहीबार १८:३८

दैलेखदेखी नेपालगंज जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाईते भएका छन्। कर्णाली प्रदेश ००२००१ ख ००१ नम्वरको बस सुर्खेतको बराहताल ८ दमारेमा सडकदेखी २० मिटर तल खोल्सामा दुर्घटना हुँदा चार जना घाईते भएका हुन्।

बसमा १३ जना यात्रु सवार थिए। घाईतेहरुमा नारायण नगरपालिकाका ८७ वर्षकी नन्दा विक, ४१ वर्षकी मिरा स्वर्णकार, २१ वर्षकी एलिना पुलामी र डुंगेश्वर गाउँपालिकाकी ४५ वर्षीकी लक्ष्मी राना रहेकी छिन्।

अन्य सवार यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ। गाडी मालिक चालक रहेका थिए। घाईतेहरुको प्रदेश अस्पतालमा उपचार भईरहेको छ।