☰ open Loading... 17 November 2024|  

अब देखि दैलेख सदरमुकाम अध्यारोमुक्त
  | १५ माघ २०७८, शनिबार १९:३५

दैलेख –नेपाल विद्युत प्राधिकरण दैलेखले दैलेख सदरमुकाम लोडसेडिङमुक्त भएको घोषणा गरेका छ ।अबदेखि दैलेख सदरमुकाम लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिए।गत माघ १ र गते गते परीक्षण प्रसारण सुरु गरिएको नौमुले द्वारी हाइड्रो र पदम खोला हाइड्रापावरको बिजुली ग्रिड लाइनमा बत्ती नआएका वेलामा आइसोलेसन मोडबाट विद्युत् उत्पादन गरेर परीक्षण गर्दा प्रसारण सफल भएको दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए ।

जिल्लालाई अध्यारोमुक्त जिल्ला बनाउने लक्ष्यकासाथ आगामी चैतभित्र जिल्ला नै अध्यारोमुक्त बनाउने अभियान थालिएको नेपाल बिधुत प्राधिकरण दैलेख वितरण केन्द्रले जानकारी दिएको छ।यस्तै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जनताको मागलाई मध्यनजर गर्दै दैलेखलाई अध्यारोमुक्त बनाउने अभियान सुरु गरेको बताए । कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान उनले बताए ।