दैलेखको –आठबिस नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘फाईबर ब्याग’ सिप बिकास तालिम दिएको छ ।
‘महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा पछि परेकाले महिलाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम संचालन गरिएको उधोग तथा उपभोक्ता हित संक्षण दैलेखका सहायक लेखा भरत खत्रिले जानकारी दिए। सीप विकास तालिम पहिलो चरणमा १० जना भन्दा बढी महिलाहरूलाई फाईबर ब्याग सम्बन्धी तालिम दिएको लेखा सहायक खत्रिले बताए ।
सीप मुलक तालिम संचालन गर्न उधोग तथा उपभोत्ता हित संरक्ष दैलेखले ५ वटा सिलाई कटाई मेसिन ,आठबीस नगरपालिका दैलेखले ५ वटा सिलाई कटाइ मिसिन खरिद गरेर ल्याएको हो। तालिममा , आदीवासी जनजाति, दलित सामुदायिका महिलाहरूलाई समेटिएको उधोग तथा उपभोत्ता हित संरक्षले जानकारी दिएको छ ।उधोग तथा उपभोक्ता हित संक्षण दैलेखले सीप विकास तालिम संचालन गरेपछि स्थानीय खुशी भएका छन् ।