| १७ माघ २०७८, सोमबार ०५:१३
दैलेख । दैलेखमा बाल विवाह सम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । बाल विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
उहाका अनुसार पक्राउ पर्नेमा जिल्लाको दुल्लु नगरपालिका वडा नं। १२ मा गोवीन्द नेपाली र एक बालीका रहेका छन ।
पक्राउ परेका नेपालीले एक १५ बर्षीय बालीकालाई यही माघ १३ गते बाल विवाहा गरी घरमा ल्याई राखेको भन्ने जाहेरी परेकाले थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिईएको डीएसपी साहले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।