| १७ माघ २०७८, सोमबार ०५:२०
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आइतबारदेखि आँखा उपचार सेवा सुरु गरिएको छ ।प्रदेश अस्पतालका अनुसार आइतबारदेखि आँखा उपचार सेवा सुरु गरिएको हो ।
अस्पतालका निर्देशक डम्वर खड्काले एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडी सेवा प्रवाह सुरु गरिएको जानकारी दिएका छन्। पछिल्लो समय प्रदेश अस्पतालले निजी अस्पतालभन्दा सस्तो, भरपर्दो र विश्वसनीय रुपमा सेवा दिइरहेका बेला आँखा रोगसम्बन्धी सेवा दिन थालेको हो। विहान ९ बजेदेखि साँझ ४ बजेसम्म प्रदेश अस्पतालले छुट्टै ओपिडी सेवा सुरु गरेर आँखा रोगसम्बन्धी उपचार सुरु गरिएको हो।
सरकारी स्वामित्वमा रहेको प्रदेश स्तरीय अस्पतालबाट आँखा सम्बन्धी विशेषज्ञ सेवा दिने पहिलो अस्पताल भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले बताए।