देलेख –सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दैलेखले पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा माग गदै आन्दोलन गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सरकारले तर्जुमा गरेको वनसम्बन्धी नियमलाई लिएर गरिएको धर्नाका क्रममा पक्राउ परेका अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गर्दै आन्दोलन गरेको हो ।
प्रदेश वन ऐन निर्माण, संरक्षित क्षेत्र विस्तार तथा तेहेरो कर , दोरोरो टाचा खारेजको माग गदै आन्दोलन गरेको सामुदायिक वन उपभोक्ता महासंघ दैलेखका अध्यक्ष मणिराम रेग्मीले बताए ।
महासंघले सामुदायिक वन अधिकारका सन्दर्भमा उठाउँदै आएका मागहरुलाई सरकारले सम्बोधन नगरेसम्म सम्म नेपालभरका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहहरु र महासंघको ७७ जिल्लामा रहेका लाखौ सदस्यहरु आन्दोलन निरन्तर गरि रहने अध्यक्ष रेग्मीले जानकारी दिए ।मंगलबार महासंघका अध्यक्ष भारती पाठक, महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतमलगायत धर्नामा सहभागी भएकालाई प्रहरीले पक्राउ गरेको थियो।