☰ open Loading... 17 November 2024|  

कर्मचारीलाई कोरोना देखिएपछि कार्यालय बन्द
  | २१ माघ २०७८, शुक्रबार ०५:३१

 

दैलेख –कर्मचारीमा कोरोना देखिएपछि नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता समुह दैलेखको कार्यालयबाट प्रवाह गरिने सबै खाले नियमित सेवाहरु बन्द गरिएको छ ।कार्यालयमा कार्यरत ३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवा ग्राहिहरुको स्वास्थ्य सुरक्षा र संबेदनशिलतालाई मध्यनजर गर्दै कार्यालयबाट प्रबाह गरिने नियमीत सेवाहरु ५ दिनका लागी बन्द गरिएको कार्यालय प्रमुख अमृतकुमार न्यानैपानेले जानकारी दिएो ।

उहाका अनुासार कोरोना संक्रमण पुष्टी भएका कर्मचारीहरु हाल उपचाररत छन । कार्यालयले एक सुचना जारी गर्दै यही माघ १८ गतेदेखी २२ गतेसम्म ५ दिनका लागी कार्यालयबाट प्रवाहा हुने (दैनिक पानी सन्चालन र सामान्य मर्मत बाहेक ) अरु सबै खाले नियमित सेवाहरु बनद गरिएको जनाएको छ ।