☰ open Loading... 17 May 2024|  

युवा नेता देवकोटा राप्रपाको सह-महामन्त्रीमा मनोनित
  | २२ माघ २०७८, शनिबार १५:२३

बाँके– राप्रपाका युवा नेता ऋषिराज देवकोटा सह–महामन्त्रीमा मनोनित भएका छन्। राप्रपाको आइतवार बसेको केन्द्रिय समितिको बैठकले उनलाई सह–महामन्त्रीमा मनोनित गरेको हो बाँकेका बलिया र आसा लाग्दा युवा नेता हुन भने बाँके बासीले पनि उहाको कामलाई अत्यन्तै रुचाएका छन् सबैको मनमा बस्न सक्ने र सबैको समस्यालाई आफनो सम्झेर लागिपर्ने युवा नेता ऋषिराज देवकोटा हुन यसअघि भएको महाधिवेशनमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपा नेता डा. धवलशमशेर राणा महामन्त्रीमा निर्वाचित भएका थिए ।

सह–महामन्त्रीमा मनोनित भएपछि देवकोटाले पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो कर्तव्य सम्झेर राप्रपालाई एउटा बलियो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्न र नेपाललाई हिन्दू राष्ट्र बनाउने प्रति कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए। उनी राप्रपाको भातृ संगठन युवक संगठनका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।