☰ open Loading... 2 May 2024|  

थप १ हजार ७ सय १४ जनामा संक्रमण
  | २२ माघ २०७८, शनिबार १९:२८

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ८ हजार ५१३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट ११०३ र एन्टिजेनबाट ६११ जनामा संक्रमण पुष्टि भएको छ।

 

२४ घण्टामा निको हुनेको संख्या भने ४ हजार ७ सय ७१ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० रहेको छ ।२४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले खोप लगाएका छन् ।