☰ open Loading... 18 May 2024|  

विकास निर्माणका कामको स्थलगत अनुगमन
  | २५ माघ २०७८, मंगलवार ०६:०६

 

 

दैलेख- महाबू गाउँपालीकाले पालीका क्षेत्रभित्रका बिकास निर्माण भइरहेका समस्या एवं विकास निर्माणका कामको स्थलगत अनुगमन गरेको छ ।वडा नम्बर १ अन्र्तरगत गठीत उपभोक्ता समुहहरुबाट सम्पन्न भएका बिभीन्न १० वटा योजानाहरुको स्थलगत अनुगमन गरको हो । पालीकाका उपाध्यक्ष प्रेम कुमारी बुढाको नेतृत्वमा, सम्बन्धीत क्षेत्रका संयोजकहरु, प्राबिधीक तथा ईन्जीनियरहरुको उपस्थितीमा अनुगमन सूरु गरिएको र पालीकाका सबै वडाहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत भोलाराम पंगालीले बताए ।

गाउपालीकाको वडा नम्बर १ अन्र्तरगत उपभोक्ताहरु मार्फत निर्माण सम्पन्न भएका सिचाँई कुलो, पोखरी, सडकमा निर्माण गरिएका नाला, मेसीनरी वाल लगाएत १० वटा योजानाहरुको स्थलगत अनुगमन गरिएको प्रशासकिय अधिकृत पंगालीले  बताए ।

अनुगमनको क्रममा सम्पन्न भएका सबै योजनाहरु तोकिएको मापदण्डअनुसार नै सम्पन्न भएको पाईएको र मापदण्ड पुरा नगररै सम्पन्न भएका योजनाहरुको हकमा भुक्तानी दिदा कटौती गरेर दिने पंगालीले जानकारी दिए ।काम गर्ने शिलशिलामा कहिलेकाही प्राबिधीकहरु नभएको अवस्थामा थोरै तलमाथी भएको हुनसक्छ, तर त्यो पनि न्युन मात्रामा भएको हामीले पायौ’ पंगालीलेभने, अनुगमन गरिएका सबै योजनाहरु निश्चित समय र मापदण्डभित्रै रहेर सम्पन्न भएका छन।

May be an image of 3 people and outdoors

 

 

यस्तै अनुगमनका क्रममा काँसिकाधमा निर्माणधिन स्वास्थ्य चौकी भवन, बिद्यालय भवन लगाएत अन्य बिकास निर्माणका योजनाहरुको पनि स्थलगल अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत पंगालीले जानकारी दिए ।

गाउँपालीकाले पालीका भित्रका सबै वडामा रहेका हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुरा वितरण कार्यको पनि सूरुवात गरेको छ । गाउपालीकाको वडा नम्बर ५ का ५० जना हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुराहरु जस्तै दाल, तेल, गेडागुडी, नुन लगाएतका खाद्यान्न वितरण गरिएको छ ।

पालीकाका ६ वटै वडाका विपन्न, अपांग तथा असहाय व्यक्तीहरुलाई बिशेष प्राथामीकतामा राख्दै प्रत्येक वडामा ५० जना हजार दिने आमाहरुलाई छनोट गरि पोषण युक्त खोनेकुरा वितरण गरिने छ माहाबू गाउपालीका स्वास्थ्य शाखा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तरगत गाउपालीका भित्र रहेका सबै वडाका हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुराहरु वितरण कार्य सूरु गरिएको उनले जानकारी दिए ।