☰ open Loading... 19 January 2025|  

उपचार पाउँदैनन् बिरामी
  | १ फाल्गुन २०७८, आईतवार ०५:२२

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनाकी २३ वर्षीया बसन्ती आउजीले कमजोर आर्थिक अवस्था भएका कारण उपचार गर्न पाएकी छैनन् । जन्मँदै टाउको ठुलो भएर जन्मेकी वषन्तीको खुट्टाले पनि काम गर्दैन । जसले गर्दा हिँडडुल गर्न नसक्ने भएकी छिन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर कष्टपूर्ण जिवन विताउन बाध्य भएकी छन्, उनी ।

 

जन्मिँदा नै अपाङ्ग जन्मेकी बषन्तीको उपचारका लागि घरेलु तथा सिविरमा उपचार गर्दा पनि सन्चो नभएको र थप उपचारका लागि बाहिर लान नसकेको उनका बुवा नरी आउजीले मध्यान्हलाई बताए । बोल्न सक्ने उनी टाउको ठुलो, खुट्टा नचल्ने भएकाले घरमा बाहिर भित्र गर्नसमेत समस्या रहेको उनकी आमा कुन्ति आउजीले बताइन् ।

 

आर्थिक अभावकै कारण बिरामी छोरीलाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको उनका बुवा आउजीले बताए । आर्थिक सहयोग प्राप्त भए छोरीको उपचार गर्ने चाहना धेरै भएपनि त्यो सपना पूरा गर्न कठिन भएको उनले गुनासो पोखे । अहिले ती युवती अर्काको सहारामा बसेकी छन् ।जनताको स्वास्थ्य सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भए पनि बषन्ती जस्ता कयौं व्यक्तिहरु आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको छ ।