☰ open Loading... 29 November 2024|  

विपन्न नागरिकलाई आर्थिक सहयोग
  | ४ फाल्गुन २०७८, बुधबार १७:५०

 



दैलेख- नारायण नगरपालिका वडानं१ले अति विपन्न जेष्ठ नागरिकलाई नगद सहयोग गरेको छ।आर्थिक अभावका कारण विभिन्न रोग बाट ग्रसित आर्थिक रुपमा वञ्चित भएका अति विपन्न परिवारलाई नारायण नगरपालिका वडानं१ले आर्थिक सहयोग प्रदान गरेको हो । वडाले आय आर्थिक समाजिक सहायता कोष’ बाट २५ जना अति विपन्न परिवारलाई १लाख आर्थिक सहयोग प्रदान गरेको वडा सचिब गोपाल कुमार श्रेष्ठले जानकारी दिए ।वडा भित्र बसोबास गर्ने अति विपन्न परिवारलाई प्रति परिवारलाई चार हजारको दरले आर्थिक सहयोग गरिएको नारायण गरपालिका वडा सचिब श्रेष्ठले बताए ।

यस्तै कोरोना कारण रोजगागरी गुमाएर थला परेका अति विपन्न परिवारलाई हामिले गरेको केहि सानो सहयोगले अति विपन्न परिवारलाई केहि रात होस भनेर सहयोग गरिएको नारायण नगरपालिका वडा नं१का वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठले बताए । जेष्ठ नागरिकलाई नगद सहयोग गर्दा उनीहरुले आवश्यक पर्ने सामाग्री आफै खरिद गर्ने भएकाले नगद सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठ जानकारी दिए । उनले भने घरको आर्थिक अवस्था निकै कमजोर भएका जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका हौँ।’ बिहान साझ काम गरेर जिविको पार्जन गर्ने गरिब परिवारलाई केही सहता मिल्ने बताए ।