☰ open Loading... 5 February 2025|  

चुनाव नजिकीएसँगै सुउवासंघमा लफडा बढ्दै
  | ५ फाल्गुन २०७८, बिहीबार १९:५३

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको चुनाव नजिकिएसँगै लफडा बढ्न थालेको छ । वर्तमान कार्यसमितिका पदाधिकारीले आउँदो चैत्र २६ गते चुनावको मिति तय गरेसँगै संघकै अर्को असन्तुष्ट पक्षले तालाबन्दी गर्दै आईरहेको छ । एउटा पक्षले तालबन्दी गर्ने र अर्कोले तोड्ने कार्य भएपछि एकचोटी फेरी संघ तनाबग्रस्त बन्दै आईरहेको छ । मंगलबार असन्तुष्ट पक्षले संघमा लगाईएको ताला अर्को पक्षले फोडेपछि केही बेर तनावग्रस्त बनेको थियो । व्यापारी–व्यापारी वीच अवस्था विग्रिन थालेपछि प्रहरीले सुरक्षा दिएको हो ।

पदाधिकारीहरु संघबाट निस्के लगत्तै भनाभन समेत भएको थियो । यद्यपी, पदाधिकारीहरु बाहिर निस्केपछि असन्तुष्ट पक्षले फेरी तालावन्दी गरेका छन् । दुबैपक्ष वीच भएको भनाभनाका वीच वर्तमान कार्यसमितिका एक पदाधिकारी माथि सामान्य चोटपटक लागेको बताईएको छ । ठूलो संख्यामा सदस्यहरु नविकरण हुनबाट बञ्चित भएकोले बदनियत ढंगले चुनावको मिति तोकेको असन्तुष्ट पक्षको आरोप छ ।

यता महासचिव लक्ष्मण कंडेलले संघको विधानमै दुई वर्षदेखि नविकरण नगरेका सदस्यहरुको स्वतः सदस्यता रद्द हुने व्यवस्था रहेको बताए । उनले सबै व्यापारीहरुलाई नविकरणका लागि विभिन्न माध्यमबाट पटक–पटक अपिल गर्दा पनि समय सीमासम्म नविकरण नगरेकाले विधानमा व्यवस्था भएअनुसार सदस्यता स्वतः खारेज भएको जनाए ।