☰ open Loading... 5 February 2025|  

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
  | ६ फाल्गुन २०७८, शुक्रबार १७:१२

यामराज बिष्ट
दैलेख –दैलखमा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आठबिश नगरपालिका वडा नं- १की २८वर्षीया विना बिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

शुक्रबार बिहान घाँस काट्ने क्रममा लडेर चोटपटक लागेको बिनाको अत्यधिक रक्तस्राव भएपछि शुक्रबार दिउसो करिब साढे ४तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेल पश्चिम नेपाललाई जानकारी दिए ।

जिल्लामा गर्भवती महिला र बच्चाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बिनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए।उनले भने, ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।’ हालसम्म दैलेखबाट मात्रै साउन देखि यता सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत ११ जनाको उद्धार भइसकेको छ।