☰ open Loading... 5 February 2025|  

देशभर थपिए ४७६ संक्रमित
  | ११ फाल्गुन २०७८, बुधबार ०५:३६

देशभर थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ४७६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ६ हजार ६०४ जनाको पिसिआर गर्दा २९९ र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि भएको हो।

यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित छन्। मंगलबार ८३१ जना संक्रमणबाट निको भएका छन्।यस्तै, काठमाडौंमा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा १५, ललितपुरमा १० र काठमाडौंमा १०१ गरी १२६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।