नेपाली कांग्रेस भैरवी गाउँ कार्य समिति दैलेखकाे आयाेजनामा आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरेर नेपाली कांग्रेस दैलेखका पुर्व सभापति एवम् कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीलाई बधाई तथा सम्मान गरिएको छ । भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसको कुनै पनि पटीसंग प्रतिसाेध नराखी नेपाली जनताकाे र कांग्रेसकाे सत्रुकाे रुपमा रहेकाे गरिवी , वेराेजगारी , अशिक्षा , स्वास्थ्यकाे समस्या लगाएत पुर्वाधार विकासहरुलाई अन्त्यगरी समुन्नत नेपाल निर्माण गर्नकाे लागि कर्णाली सरकार प्रतिवद्व रहेकाे बताउनु भयाे ।
मन्त्री शाहीले नेपालमा कम्युनिस्टहरुले भ्रमकाे खेति गर्ने र देशमा अस्थिरता निम्ताउने चलखेलमा लागेकाे आराेप लगाउनु भयाे । मन्त्री शाहीले यतिखेर देशमा हरेक तत्वहरु सलवलाइ रहेकाे हुंदा विभिन्न चलखेल हुन सक्ने संकेत गर्दै नेपाली जनता चनाखो र सजक रहनु पर्ने बताउनु भएको छ । यसैगरी मन्त्री शाहीले देशकाे विकास र समृद्ध नेपाल निर्माण गर्नकाे लागि आगामी चुनावमा नेपाली कांग्रेसको निष्ठा र आस्थालाई आत्मसाथ गर्दै हरेक जनताकाे घरघरमा गइ नेपाली कांग्रेसलाई विजयी गराउनकाे लागि संगठन विस्तारमा ध्यान केन्द्रीकृत गर्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएकाे छ ।
यस्तै भेटघाट तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य भक्तिप्रसाद उपाध्यायले अधिवेशनमा देखिएका तृक्ततालाई अन्त्य गर्दै सम्पूर्ण नेता कार्यकर्ता एक जुट हुन आग्रह गर्नु भयाे । कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखका उपसभापति रिता शाही सचिव नारायण रेग्मी , क्षेत्र नं. २ का क्षेत्रीय सभापति भरत प्रसाद रिजा , महाधिवेशन प्रतिनिधि मधुर बिक्रम खनाल , प्रदेस सभा २ क का सभापति टंक रिमाल लगाएत नेताहरुले अव पाटी एक ढिक्का भइ आगामी चुनावमा कांग्रेसलाई जिताउनकाे लागि जाेड दिएका थिए । यस्तै भेटघाट तथा सम्मान कार्यक्रममा नेकपा एमाले र नेकपा माअेावादी केन्द्र पाटी परित्याग गरि ४२ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । नव प्रवेशीहरुले गरिव दुखि जनतालाई झुटकाे खेति गर्दै प्रयोग गरेर स्वार्थ लुट्ने गरेकाे आराेप लगाएका छन ।