☰ open Loading... 29 November 2024|  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ६५ विद्यालय छनोट
  | १५ फाल्गुन २०७८, आईतवार ०५:०९

यामराज बिष्ट  दैलेख : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ६५ विद्यालय छनोट भएका छन् । चालू आर्थिक वर्षमा सिफारिस भएका २ सय ७८ विद्यालयमध्ये ६५ वटा विद्यालय छनोट भएका हुन् ।

 

शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादुर थापाका अनुसार नारायण नगरपालिकाका ६, दूल्लु नगरपालिकाका ८, चामुण्डा बिन्द्रासैनि नगरपालिकाका ९, आठबिस नगरपालिकाका ६, महाबू गाउँपालिकाका ५ र ठाँटीकाध गाउँपालिकाका ५ विद्यालय छनोटमा परेका छन् ।

 

यस्तै गूराँस गाउँपालिकाका ५, भैरवी गाउँपालिकाका ४, डुंगेश्वर गाउँपालिकाका ६, नौमुले गाउँपालिकाका ५ र भगवतीमाई गाउँपालिकाका ६ वटा गरी कुल ६५ विद्यालय सिफारिसमा परेका हुन् ।

 

चारकोठे भवन निर्माणको लागि ३६ लाख, दुई कोठेको लागि १८ लाख र आईसटी ल्यावको लागि ६ लाख ५० हजार रकम विनियोजन गरेको छ । दैलेखमा रहेका ११ पालिका अन्तर्गत ठाटीकाध गाउँपालिकाका दुई विद्यालय आईसिटी, दुई चारकोठे र १ दुईकोठे भवन निर्माणका लागि छनोटमा परेका छन् । चामुण्डा बिन्द्रासैनि नगरपालिकाका दुई चारकोठे, ३ दुई कोठे र चार विद्यालय आईसिटी भवन निर्माणका लागी छनोट भएका छन् ।

 

डुंगेश्वर गाउँपालिकाका तीन आईसिटी, १ चारकोठे र दुई २ कोठे भवनका लागि छनोटमा परेका छन् भने गुराँस गाउँपालिकामा रहेका २ चारकोठे, दुई आईसिटी र १ दुईकोठे भवनका लागि छनोटमा परेका छन् । नारायण नगरपालिकाका ४ आईसिटी, १ दुई कोठे र १ चारकोठे भवनका लागि छनोट भएका छन् भने आठबिस नगरपालिकाका ४ दुई कोठे, १ चार कोठे र १ आईसीटी निर्माणका लागि छनोटमा परेका छन् ।

 

नौमुले गाउँपालिकाका २ आईसिटी, २ दुईकोठे र १ चारकोठे भवनका लागि छनोट भएका छन् भने भगवतीमाई गाउँपालिकाका ३ आईसिटी, १ दुई कोठे, १ चारकोठे र १ गत आर्थिक वर्षको छनोटमा परेका छन् ।

 

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे, दुईकोठे भवन तथा विद्यालयमा आईसिटी व्यवस्थापनका लागि बजेट विनियोजन हुने गरेको छ । कर्णाली प्रदेशभर १ सय १० विद्यालयमा ४ कोठे भवन, १ सय ३८ मा दुईकोठे भवन, २ सय २५ विद्यालयमा आइसीटी ल्याव, २ प्राविधिक ल्याव र २ नयाँ प्राविधिक विद्यालय स्थापना छनोट भएका छन् ।