☰ open Loading... 30 November 2024|  

शैक्षिक सुधारका लागि जुम्लाका २२ विद्यालय छनोट
  | १६ फाल्गुन २०७८, सोमबार ०५:३१

जुम्ला । जुम्ला जिल्लाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन् । एक नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तह रहेको जुम्लामा भौतिक संरचना जीर्ण बन्दै गएका र प्रत्येक वर्ष शैक्षिक अवस्था खस्कँदै गएका बेला शैक्षिक सुधारको लागि २२ विद्यालय छनोटमा परेका हुन् ।

चालु आर्थिक वर्षमा सिफारिस गरिएका जुम्लाका १ सय ६९ मध्ये २२ वटा छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर बहादुर भण्डारीले बताए । दुई कोठे भवन निर्माणका लागि ७ ,चार कोठेका लागि ६ र आईसीटी ७ ल्याव ब्यवस्थापनमा १ विद्यालय छनौटमा परेको छ ।

राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा भवन निर्माण तथा आईसिटी ल्याब संचालनका लागि बजेट परेपछि जीर्ण बन्दै गएका विद्यालयमा नयाँ भौतिक संरचना बन्ने मात्र नभइ ल्याबको अभावमा प्रभावित बन्दै गएका विद्यालयमा पठनपाठनमा सहजता हुने बताईएको छ।