☰ open Loading... 5 February 2025|  

सुर्खेत एमाले पार्टी कार्यालयमा आगजनी
  | १६ फाल्गुन २०७८, सोमबार २०:३३

सुर्खेत । सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले क्षति पुर्याएका छन् ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ ।उनीहरुले माओवादी र कांग्रेसको कार्यालयमा पनि आगजनी प्रयास गरेका छन् ।