☰ open Loading... 5 February 2025|  

मतदानस्थलहरुको स्थलगत अनुगमन गर्दै स्थानीय प्रशासन
  | २२ फाल्गुन २०७८, आईतवार २१:१५

 

दैलेख-आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै दैलेखमा तयारी सुरु भएको छ ।जिल्ला सुरक्षा समिति दैलेखले आईतबार भैरवी गाँउपालिकाका बिभिन्न ठाँउमा स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति बनाउन अनुगमन गरेको हो ।

कार्यक्रममा जिल्ला सुरक्षा समिति दैलेखका अध्यक्ष हरि प्याकुरेल,सदस्यहरु सेनानी दिनेश लामा,प्रहरी नायव उपरीक्षक भुवनेश्‍वर प्रसाद साह,प्रमुख अनुसन्धान अधिकृत दिल बहादुर चौधरी लगायतको टोलिले “मतदानस्थलहरुको स्थलगत अनुगमन कार्य सुरुवात गरेका हुन् ।

आगमी बैशाखमा हुने स्थानीय निर्वाचन मतदान स्थलहरुको स्थलगत अवलोकन एवम् निरीक्षण गरी निर्वाचनलाई भयरहित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्दै मतदान गर्न पाउने आम नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न सुरक्षा समितिका पदाधिकारीहरुद्धारा उक्त मतदानस्थलहरुको अवलोकन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।उनले भने आईतबार पहिलो दिन भैरवी गाँउपालिका बिभिन्न ठाँउमा अनुगमन गरिएको छ ।अन्य ठाउँमा पनि अगनुगम गर्दै जाने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

यस्तै कार्यक्रममा भैरवि गाउँपालिकामा गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा, पत्रकार, कर्मचारीको सहभागीतामा बैशाखमा हुने स्थानिय तहको निर्वाचन लाई विवाद रहित,त्रुटीरहित,शान्तपुर्वक तथा मर्यादित तवरले सम्पन्न गर्न सबैले आवश्यक सहयोग,  पुर्वाधार  सहयोग गर्ने लगायतका  बिषयमा छलफल गरिएको थियो ।