☰ open Loading... 5 February 2025|  

थप १ सय २६ जनामा कोरोना संक्रमण
  | २१ फाल्गुन २०७८, शनिबार ०५:१२

काठमाडौं । नेपालमा थप १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।८ हजार ९ सय ३३ जनामा गरिएको परीक्षणमा १ सय २६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमणमुक्त हुँदा १ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।देशभर कोरोनाका ७ हजार २ सय ४२ सक्रिय संक्रमित हुँदा ३७ हजार १ सय ९२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।कोरोनाबाट अहिलेसम्म ११ हजार ९ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५८ हजार १ सय ९३ जना संक्रमणमुक्त भइसकेका छन् ।