दैलेख –दैलेखको डूङगेश्वर गाँउपालीका१ सय १२ औं अन्तर्राष्ट्रिय नारीदिवसको अबसरमा बिभिन्न कार्यक्रम गरेर मनाएको छ ।“सामाजीक न्याय र लैङ्गीक समानता, दिगो बिकासको सुनिश्चीतता” भन्ने नाराका साथ ११२ औ अन्तराष्ट्रिय नारीदिवस दैलेखको डूङगेश्वर गाउपालीका वडा नम्बर- २ पैयाचौरमा मनाईएको हो ।
वातावरणीय कृर्षी बिकास केन्द्र केड, एभेष्ट क्लब दैलेख र एस एन भि नेपालको साझेदारीमा संञ्चालित समाबेशि तथा दिगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको आर्थिक सहयोगमा तथा महिला शसक्तीकरण मन्च दैलेखको समन्वय एवंम डुङगेश्वर गाउपालीका वडा नम्बर २ र महिला सञ्जालकोे सयूक्त आयोजनामा सरोकारवालाहरुसंग १ दिने अन्र्तरक्रिया कार्यक्रम गरिएको हो ।
महिला सञ्जाल डुङ्गेश्वर गाउपालीका २ का अध्यक्ष लाल कुमारी थापको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बालविवाह, महिनावारी, लैङ्गीक हिंसा लगाएतका बिषयमा अन्र्तरक्रिया गरिएको बताईएको छ ।अन्र्तरक्रिया कार्यक्रममा बोल्दै डुङगेश्वर गाउपालीका वडा नम्बर २ का वडा सदस्य रुद्र बिष्टले महिलाहरु चुलोचौकोमा मात्र सिमीत नरही हरेक कुरामा सक्रिय बन्नुपर्नेमा जोडदिए ।
यस्तै कार्यक्रममा महिला सदस्य कृष्णा नेपाली, समाजसेवी चन्द्र बहादुर गूरुङ् , हिरा गूरुङ् लगाएतले पनि सामाजीक न्याय र परिवर्तनका लागी महिला जागरुक हुनुपर्ने बताए ।कार्यक्रममा महिला ससक्तीकरण मञ्चका मिना बुढाले बालविवाहा, महिनावारी, बाल सहजकर्ता, लैंगीक शिंसा लगाएतका बिषयमा प्रस्ट्याएका थिए ।एभरेष्ट क्लब दैलेखअन्र्तरगत एसएनभी नेपालमा कार्यरत दिलीप खड्काले घर आगन र व्यक्तीगत सरसफाईका बिषयमा जानकारी गराएका थिए ।उनले भने डुङ्गेश्वर गाँउपालिका वडान २ लाई पूर्ण सरसफाइ उन्मुख घोषण गर्ने लक्ष्य भएकाले सरसफाई सबै सुचक पूरा गरिदिनका लागि सबैलाईअनुरोध समेत गरेका छन् ।