☰ open Loading... 5 February 2025|  

विद्यालयलाई आर्थिक सहयोग
  | २४ फाल्गुन २०७८, मंगलवार ०६:०५

 

यामराज बिष्ट दैलेख   -कृषि विकास बैंक लिमिटेड दैलेख शाखाले जनता आधारभुत विद्यालयलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । एभरेष्ट क्लब दैलेखको समन्वय र कृषि बिकास बैंक लिमिटेड दैलेखको सहयोगमा दैलेख सदरमुकाम नयाँबजारमा रहेको जनता आधारभुत विद्यालयलाई एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत बालबालीकाहरुलाई शैक्षिक वृत्ति सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।कार्यक्रममा बोल्दै कृषि विकास बैंक कर्णाली प्रदेश प्रमुखका खुर्शेद अहमदले बैकले सामाजिक क्षेत्रमा पनि कार्य गरीरहेको छ ।जसमध्ये विद्यालयलाई गरिएको यो सहयोग बालबालीकाहरु माझ सिधै जाने भएकोले विपन्न बालबालीकाको पढाईमा बैकको तर्फबाट सहयोग गरिएको उनले बताए ।कर्णाली प्रदेश प्रमुख अहमतले भने विद्यालयले गरेको शैक्षिक तथा भौतिक प्रगति आफूले नजिकबाट हेरिरहेको बताउँदै विद्यालयको विकासमा बैंकले सहयोग जारी राख्ने जानकारी गराए ।

 

विद्यालयकी प्रधानाध्यापक मेनुका गौतमले बैंकले गरेको उदाहरणीय सहयोगका लागि धन्यवाद दिँदै प्राप्त सहयोग रकम अति विपन्न जेहेनदार विद्यार्थीहरूको पढाईमा खर्च गर्ने बताइन् ।यस्तै कार्यक्रममा एभरेष्ट क्लव दैलेखका कार्यकारी निर्देशक कमल खड्काले क्लवले २०५० सालदेखि विभिन्न क्षेत्रमा का गर्ने क्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । परियोजना बाहेकको ठाउँबाट पनि समन्वय गरि बालबालीकालाई शिक्षामा सहयोग पुग्ने गरि काम गरिरहेको बैक र जनता आभारभुत विद्यालयको विचमा शैक्षिक बृति सहयोग गर्न समन्वयकारी भुमिका खेल्न पाएकोमा खुसि व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै कृषि विकास बैक दैलेख शाखाका प्रबन्धक खम्बीलाल शर्माले, मुलुकको सामाजिक तथा आर्थिक बिकासमा यस बैंकले विगत देखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । ग्रामीण स्तरमा गरिबी निवारण गर्न लघु कर्जा, लघु बचतका साथै शिक्षा तथा नविकरणी उर्जा प्रबर्द्वनमा काम गरेको अनुभव छ । यसकै शिलशिलामा आज गरिब तथा विपन्न समुदायका बालबालिकाहरूलाई शैक्षिक सामाग्री खरिद गर्न नगद रकमनै उपलब्ध गराई संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न निरन्तर लागिरहेको पुष्टी गरेको छ । यस सहयोग रकमबाट बालबालिकाहरूको पठन पाठनमा सहजता आउनुका साथै गुणस्तरीय शिक्षा हासिल गर्नमा सहयोग पुग्ने विश्वास लिएको बताए।

यस्तै विद्यालयलाई आर्थिक सहयोग गरेकोमा कृषि बिकाश बैकलाई धन्यवाद दिदै, विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गणेश बिशीले बताए ।
कार्यक्रममा कृषि विकास बैकका लेखापाल गणेश पाण्डे ,एभरेष्ट क्लब दैलेखका फोकल पर्सन दिपक केसि, परियोजना संयोजक भुपाल सिह बोहरा, जनता आधारभुत विद्यालयका शिक्षक, विद्यार्थि , लगायत अभिभावकहरूको सहभागिता रहेको थियो ।