☰ open Loading... 26 July 2024|  

राप्रपाको फाल्गुन २९ गते आमसभा हुने
  | २४ फाल्गुन २०७८, मंगलवार १६:१६

नवराज सुवेदी

नेपालगञ्ज, राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको बैठक साेमबार सम्पन्न भएकाे छ । बैठकले चुनावलाई लक्षित गरी यहि फाल्गुन २९ गते नेपालगञ्जमा भव्य आम सभा गर्ने निर्णय गरेको हो । आमसभालाई पार्टी केन्दीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सम्बोधन गर्ने भएका छन् ।

पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही, केय सदस्य तथा नायिका रेखा थापा लगायत वरिष्ट नेताहरुकाे उपस्थितिसमेत रहने राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेल जानकारी दिएका छन् ।

आम सभालाई भवयतापूर्वक सफल पार्न जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको नेतृत्वमा १५१ सदस्य मूल आयोजक समितिसमेत गठन गरेको छ । जसमा युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसी, कोहलपुर नगर अध्यक्ष अर्जुन जंग शाह, नेपालगन्ज नगर अध्यक्ष मनोज श्रेष्ठ, बाँके जिल्ला सचिव रुद्र मणि न्याैपाने, बाँके जिल्लाका पार्टी प्रबक्ता कमल निर्मोही, महिला संगठन जिल्ला अध्यक्ष इन्दिरा शाही, वडा नं. ८ का निर्वाचित वडा सदस्य विवेक भाजपाई लगायत अन्नेय नेता कार्यकर्तासहित कार्यक्रम व्यवस्थान मूलसमिति गठन गरिएका छ ।

बैठक जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो । बैठकमा पूर्वमन्त्रीहरु फतेसिङ थारु, प्रेमबहादुर भण्डारी लगायतको उपस्तिथि रहेकाे थियो । बैठक लाई सम्बोधन गर्दै केन्द्रिय सहायक महामन्त्री ऋषि राज देबकोटाले राप्रपा नयाँ परिवेश को राजासहितको हिन्दु राष्ट्र विचार बोकेको पार्टी भएकोले राष्ट्रवादी, देशभक्त, हिन्दुबादी,राजाबादी सबै समाहित हुन आव्हान गरेका थिए ।