☰ open Loading... 5 February 2025|  

१५०लिटर अबैध घरेलु मदिरा नष्ट
  | ३० फाल्गुन २०७८, सोमबार १७:४३

दैलेख- दैलेख प्रहरीले आज विभिन्न स्थानबाट बरामद गरी ल्याएको १सय ५०लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।स्थानीय जनप्रतिनिधि, रोहबरमा सोमबार प्रहरीले बरामद गरिएको १सय ५० लिटर मदिरा नष्ट गरेको हो।

अबैध घरेलु मदिरा भैरवी गाँउपालिका बिभिन्न ठाँउमा बाट बरामद गरी नष्ट गरिएको दैलेख प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अनुसार तयारी अवस्थाको ५०लिटर र १ सय लिटर कच्चा पदार्थका रुपमा रहेको १सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो।

दैलेख प्रहरीले अवैधरूपमा मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको दैलेख प्रहरी जानकारी दिएको छ ।