☰ open Loading... 5 February 2025|  

रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो
  | १ चैत्र २०७८, मंगलवार ०५:१८

जाजरकोटमा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ। शिवालय गाउँपालिका –४ कि २७ वर्षीया वर्मा रावतको सुत्केरी भइसकेपछि रक्तश्रावका कारण मृत्यु भएको हो।

गाउँपालिकाको सिमा स्वास्थ्य चौकीमा सुत्केरी भईसकेपछि रक्तश्राव बढी भएको थियो। रक्तश्राव नरोकिएपछि स्वास्थ्यकर्मीहरू सहित सुत्केरीलाई उपचारका लागि चौरजहारीस्थित मिसन अस्पताल पुर्‍याएसँगै सुत्केरीको ज्यान गएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए। रावतले नर्मल सुत्केरी भई छोरा जन्माईएकी थिइन्। ‘वर्माले छोराको जन्म दिएसंगै सालनाल नझरेर अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भयो।’

गाउँपालिकाका अध्यक्ष शाहीले भने, पालिकाको एम्वुलेन्स बाहिर भएकाले अस्पताल लैजाने गाडी पालिकाले ब्यवस्था गरेर पठाएको थियौं। अस्पताल पुगेसंगै सुत्केरीको मृत्यु भयो।’ स्थानीयका अनुसार वर्माको यसअघि एक छोरा रहेको छ। सुत्केरीको मृत्युबारे कुनै पनि खवर आफुलाई नआएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीले बताए।