☰ open Loading... 5 February 2025|  

कर्णालीमा खेलाडी उत्पादनमुखी कार्यक्रम नभएको गुनासो
  | ३ चैत्र २०७८, बिहीबार ०५:३५

कर्णालीमा खेलकुद गतिविधि एकाध रुपमा हुने भएपनि खेलाडी उत्पादनमुखी कार्यक्रम नभएको सरोकारवालाहरुले बताएका छन्। प्रदेश सरकारले पूर्वाधार निर्माणमा चासो दिए पनि सिकाउने जनशक्ति (प्रशिक्षक) न्यून हुँदा खेलाडी उत्पादन हुन नसकेको सरोकारवालाहरुले बताएका हुन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद् सुर्खेतको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको खेलकुद पत्रकार अभिमुखीकरणमा खेलाडी उत्पादन र राम्रा खेलाडीलाई अवसर दिनुपर्ने बताईएको हो। खेलाडीहरु उत्पादनका लागि अभ्यास तथा प्रतियोगिताहरु गरेर योजनावद्ध रुपमा सम्भावना बोकेका नयाँ सम्भावना बोकेका खेलाडीहरु उत्पादन गर्नुपर्नेमा अभिमुखीकरणका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक योजना मन्त्री विन्दमान विष्टले बताए।

‘अवसरको अभाव भएकाले कर्णालीका खेलाडीहरु ओझेलमा छन्।’ मन्त्री विष्टले भने, योजना खेलकुद परिषद्ले ल्याएर आए कर्णाली सरकारले खेलाडी उत्पादनमा अवसरको ढोका खोल्न तयार छ।’ कर्णालीमा खेलकुदको विकास गर्नका लागि पत्रकारहरुले उर्जागर गरिरहेको र सरकारले पनि ध्यान दिन जरुरी रहेको धावक हरि रोकायले बताए।

कर्णालीमा खेलकुदका ताराहरु रहेको र खेलकुदको उर्वरभुमी भएकाले यहाँ ठुला खालका खेलकुद गतिविधि हुनुपर्ने टेक्वान्डो खेलाडी दिपक विष्टले बताए। ‘कर्णालीमा सम्भावना बढी छ।’ खेलाडी विष्टले भने, सरकारले अवसरका लागि तयारी गरेर ठुलाठुला कार्यक्रम गर्नुपर्छ।’ पत्रकारलाई सुर्खेतमा एक दिने खेलकुद सम्वन्धी अभिमुखीकरण खेलकुद पत्रकार प्रकाश तिमेल्सेनाले दिएका थिए। खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा सात प्रदेशमै पहिलो कार्यक्रम कर्णालीमा गरिएको छ।

खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले १ घण्टा खेलकुलको सम्भावना र  समस्याका बारेमा खेलाडीहरुले आफ्ना कुरा राखेका थिए। खेलसंग सरोकारवालाहरुले प्रदेशभर १३ जना प्रशिक्षकहरु रहेका बताएका छन्।

पूर्वाधार न्यून रहेका कारण नयाँ खेलाडी उत्पादनमा समस्या रहेको प्रशिक्षक प्रदिप राईले बताए। ‘कर्णालीको भौगलिक, सामाजिक, साँस्कृतीक अवस्था अनुसार खेलिने खेलहरुलाई प्राथमिक दिनुपर्छ।’ राईले भने, पूर्वाधार छैन्। सुविधा नहुँदा खेलाडी पलायन भईरहेका छन्।’ व्यक्तिगत खर्चमा तालिम केन्द्रहरु खोलेर खेलाडीहरुलाई तालिम दिईरहेको अवस्था रहेको र सरकारले अनुदान दिनुपर्ने भलिवल रेफ्री जीवनबहादुर शाहीले बताए।

सुर्खेतमा १० हजार दर्शक क्षमताको १४ वटा खेलकुद गतिविधि गर्न सकिने रंगशाला निर्माणदेखी अन्य जिल्लामा फिल्ड निर्माण, कवर्ड हल लगायत खेलकुदका गतिविधिका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर नराखेर काम गरिरहेको मुख्य मन्त्री जीवनबहादुर शाहीले बताए।