☰ open Loading... 18 May 2024|  

दैलेखमा ईपासपोर्ट सेवा सुरु
  | १२ चैत्र २०७८, शनिबार ०७:४५



दैलेख- जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी बनाउन सुरु गरेको छ । सर्वसाधरणलाई सहज र छिटोका लागि जिल्लाबाटै सुरुवात गरिएको हो । जिल्लाबाट विद्युतीय राहदानी बनाउन सुरु गरेको (शुक्रबार )पहिले दिन ७ जनाको आवेदन सङकलन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।


प्रजिअ प्याकुरेलका अनुसार डाटा सुरक्षित रहनुका साथै किर्तेको सम्भावना हुँदैन । अनावश्यक खर्च नुहने र छोटो समयमा पासपोर्ट पाइनेछ । ई–पासपोर्ट भए सँगै सेवाग्राहीलाई पनि थप सहजता भएको उनले बताए । उनले भने, ‘फाराम भरेपछि प्रशासनमा सूचित गराएपछि प्रशासनले दिएको समयमा कार्यालयमा पुगेर फोटो र बायोमेट्रीकका छाप, ल्याप्चे विधि पुरा गर्नुपर्ने हुन्छ । यति गरेपछि ई-पासपार्टका काम सकिन्छ ।
यसबाट सेवाग्राहीले पासपोर्ट फाराम भर्दा हुने खर्च र अनावश्यक झन्झट कम हुन्छ । ई -पासपोर्टका लागि आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ ।