☰ open Loading... 5 May 2024|  

मुलुकभर थप ८ जनामा कोरोना पुष्टि
  | १३ चैत्र २०७८, आईतवार ०५:११

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६५५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६९६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ जना र ९ सय ५९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४२२ पुगेको छ । सोही अवधिमा ४७ हजार ७०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार ७५८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१० जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय १० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६४ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ४६ हजार १५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।