डिभिजन वन कार्यालय सुर्खेतले गर्मी मौसम सुरु हुन थालेसंगै हुने आगजनी नियन्त्रण गर्न वन समूहका उपभोक्ताहरुलाई अभ्यास गराएको छ। वीरेन्द्रनगर नगरपालिका-७ स्थित कटुकवा जंगलमा उपभोक्ताहरुलाई सुरक्षा पोशाकसहित अभ्यास गराएको हो।
जंगलमा आजगनी भएपछि नियन्त्रणका उपायहरु उपभोक्ताहरुलाई दिईएको थियो। आगजनी नियन्त्रणका लागि आवश्यक औचारहरु कसरी चलाउने भनेर उपभोक्ताहरुलाई सिकाईएको थियो। गर्मी मौसमसंगै यहाँ बढी आगजनी हुने गर्दछ।
वर्षेनी गर्मी मौसम सुरुसंगै आजगनीबाट धेरै धनजनको क्षती हुने गरेको छ। आगजनी नियन्त्रणका अभ्यासमा एक सय बढी उपभोक्ताहरु सहभागी थिए। सुर्खेत करिव ५ सय भन्दा बढी वन समूहहरु रहेका छन्। यहाँ वन क्षेत्र ठुलो मात्रामा रहेको छ। वन समूह र क्षेत्र धेरै रहेकाले सुर्खेतमा दुई वटा वन डिभिजन कार्यालयहरु रहेका छन्।
डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावत, वन अधिकृत सुर्यप्रसाद शर्माले उपभोक्ताहरुलाई कुन अवस्थामा कसरी आगजनी नियन्त्रण गर्ने भनेर प्रशिक्षण सहित अभ्यास गराएका थिए। डिभिजन वन कार्यालयका कर्मचारीहरु पनि आगो नियन्त्रणमा लिने औजारहरुसहित सहभागी रहेका थिए। आगजनी नियन्त्रण गर्न उपभोक्ताहरुलाई अभ्यास गराउनु निकै राम्रो कुरा भएको र अब आगोमा जान लगाउने सामाग्री पनि समूहलाई दिनुपर्ने खारपानी समुदायिक वन समूहका अध्यक्ष खरिसरा चपाँईले बताईन्।