दैलेख- नेपाल पत्रकार महासंघ दैलेखले ६७ औँ स्थापना दिवस अवसरमा आज दैलेख सदरमुकाममा विभिन्न कार्यक्रम गरी मनाएको छ। स्थापना दिवसको अवसरमा पत्रकार डेकेन्द्रराज थापाको शालिक भएको स्थानमा मैनबत्ति संगै दैलेखमा लामो समय पत्रकारिता गरेका दैलेख पत्रकारहरु अमर सुनार, भूपेन्द्र शाही र पुस्कर थापालाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ दैलखको आयोजनामा गरिएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजालले सबैजसो राजनीतिक परिवर्तनमा गरेको योगदान अनुसार राज्यले पत्रकार र सञ्चार माध्यमलाई महत्व नदिएको बताए।
सशस्त्र युद्धको समयमा राज्य पक्ष र बिद्रोहीबाट मारिएका पत्रकारहरुको परिवारलाई परिपूरण र राज्य दिनुपर्ने सम्मान नदिएको उहाँले टिप्पणी गरे । कोरोना महामारीबाट प्रभावित पत्रकार र सञ्चार माध्यमलाई राहत दिलाउन नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा आफूले पहल गरिरहेको उनले जानकारी दिए ।
यस्तै स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिर्दै जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापाले पत्रकारले कलम चलाउन पाएको र सत्य तथ्य समाचार संकलन गरी सम्प्रेषण गर्ने अधिकार प्राप्त भएको बताए ।उनले भने आगमी बैशाख ३०मा हुने स्थानीय निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सञ्चार माध्यमहरुको पहल रहनुपर्ने सुझाव दिएका छन् ।पत्रकारको शक्ति असाध्यै ठूलो भएको भन्दै कलमको दुरुपयोग नगर्नुका साथै स्वच्छ र निष्पक्ष रुपमा पत्रकारिता गर्न उनले आग्रह गरे ।
कार्यक्रममा महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका लागि भूमिका खेल्दै आएको नेपाल पत्रकार महासंघका दैलेख यज्ञराज थापाले बताए।
महासंघको वार्षिकोत्सवको अवसरमा साँझ ७ बजे पत्रकार डेकेन्द्रराज थापाको शालिक भएको स्थानमा मैनबत्ति बाली उहाँप्रति श्रद्धा जनाउन कार्यक्रम पनि गरेको छ ।२०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेको ६६ वर्ष पूरा गरेको छ ।
महासंघको वार्षिकोत्सवको अवसरमा साँझ ७ बजे पत्रकार डेकेन्द्रराज थापाको शालिक भएको स्थानमा मैनबत्ति बाली उनिप्रति श्रद्धा जनाउन कार्यक्रम गरिएको छ।