काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २५ जना र १ हजार २५२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ संक्रमण पुष्टि नभएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ । सोही अवधिमा ७१ हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार १४६ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७७ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ३०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार १९२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ६८ हजार ३५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।