दैलेख । दैलेखमा झण्डै ९१ हजार बालबालिकालाई टाइफाइट रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्र्तरगत दैलेखमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो ।
खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार दैलेखमा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो। पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।
चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म जिल्लाका बालबालीकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमीत्त प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए ।उनका अनुसार दैलेखमा जिल्लाभर रहेका ११ वटै स्थानीय तहका गरि करीब ९१ हजार बालबालीकालाई खोप लगाईने लक्ष्य रहेको छ ।जिल्लाका ११ स्थानीय तहमध्ये कुन पालीकामा कहिले खोप लगाउने भन्नेबारे केही दिन भित्रमा पालीकाले नै मिती तय गर्ने पनि रेग्मीलेबताए ।
रेग्मीका अनुसार यसअघि दैलेखमा बालबालीकाहरुलाई नियमित रुपमा १२ प्रकारका रोगहरुको मात्र खोप लगाउने गरिएको थियो, । तर अब भने टाईफाईट बिरुद्धको खोप पनि नियमित खोप कार्यक्रम अन्र्तरगत नै समाबेश गरिने बताईएको छ ।
स्वास्थ्य सेवा कार्यालय अन्र्तरगत खोप समन्वय समितीको नियमित बैठक अन्र्तरगत आज दैलेख सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि जिल्लाभर कुल १ सय ८१ खोप केन्द्रबाट खोप लगाईने जानकारी गराईएको छ ।
५ बर्ष माथीका बालबालीकाहरुलाई बिद्यालयमै पनि खोप लगाईने छ भने अवस्था हेरेर आवश्यकता अनुसार एउटा वडामा कम्तीमा २ देखी ४ वटा सम्म खोप केन्द्रबाट पनि खोप सेवा प्रदान गरिने छ ।
टाईफाईट बिरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेकाले बालवालीकाहरुलाई तोकिएको मिती र खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरेको छ ।उक्त खोप बाहीर लगाउदा महंगो पर्ने भएकाले यो अभियानमा निशुल्क रुपमा खोप कार्यमा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।