☰ open Loading... 20 November 2024|  

सेन्चुरी बैंक दैलेखद्धारा बिद्यार्थीलाई झोला सहयोग
  | १८ चैत्र २०७८, शुक्रबार २०:३१

यामराज बिष्ट
देलेख – सेन्चुरी कमर्सियल बैंक दैलेख शाखाले विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले शुक्रबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नारायण नगरपालिका वडा नं -३ भुर्तीमा रहेको पञ्चदेवल प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो ।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापन समितीका अध्यक्ष कमानसिङ सार्किले बैंकलाई धन्यवाद ज्ञापन गरे ।

बैकका शाखा प्रबन्धक उमेश प्याकुरेल कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास ब्यक्त गरे ।
यस्तै झोला सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिदै कक्षा १देखि कक्षा ५सम्मका सबै जना न्यून आय भएका विद्यार्थीलाई झोला बितरण गरिएको रआगमी दिनमा पनि यस्तै सहयोगको अपिक्षा गरेको विद्यालयका प्रधानाध्यापक योगमाया मल्लले मध्यान्हलाई जानकारी दिईन् ।

 

यस्तै उक्त झोला वितरण कार्यक्रममा सेन्चुरी कमर्सियल बैककाकर्जा शाखा प्रमुख मनिष भण्डारी , अपरेसन इन्चार्ज स्वस्तिक सिंह।विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षकको उपस्थिति थियो ।बैंकले यसअघि पनि दैलेखले महेन्द्र माध्यामिक विद्यालय नारायण नगरपालिका -५ भैसेखोरलाई युरो गार्ड सहयोग गरिसकेको छ।