☰ open Loading... 19 November 2024|  

नारायणमा १०हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै
  | १९ चैत्र २०७८, शनिबार ०८:००

दैलेख – दैलेखमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई यहि चैत्र २४ गतेबाट टाईफाईड बिरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाको नारायण नगरपालिका भित्रका १देखि११वडा भित्र रहेका विद्यालयमा करिब १० हजार ४सयबढी बालबालिकालाई खोप लगाइने भएको हो । उमेर समुहका बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकालाई लक्षित गरि नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो ।

नारायण नगरपालिका स्वास्थ्य शाखाले पालिका स्तरमा टाईफाईड विरुद्धको खोप अभियान संचालनका लागि संचारकर्मीहरुसँग गरिएको अभिमुखीकरणमा १५ महिनादेखि १५ वर्ष उमेर समुहका पालिकाभरका १० हजार ४ सय भन्दा बढी बालबालिकालाई खोप लगाउने तयारी भएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह- संयोजक लाल बहादुर खड्काले जानकारी दिए । उक्त खोप अभियान चैत्र २४ गतेदेखि बैशाख १८गतेसम्म पालिकाका  वडामा तालिका अनुसार संचालन हुने भएको छ ।

बालबालिकालाई खोप अभियानको रूपमा नारायण नगरापलिका ४३ वटा विद्यालयमा नै खोप केन्द्र बनाई खोप लगाइने उनले बताए ।

खोप १ पटक लगाए आजीवनसम्म पुुग्ने खोपले टाईफाईड सार्नबाट रोक्नुका साथै रोग निमूल पार्न सहयोगी हुने भएकाले अन्य समूहका लाई पनि क्रमिक रुपमा खोप लगाउने बताइएको छ । दैलेख जिल्ला भरि झण्डै ९१ हजार बालबालिकालाई टाइफाइट रोग विरुद्धको खोप लगाइने भएको छ ।