दैलेख : दैलेखका नागरिक समाज, पत्रकार लगायत सरोकारवालाहरुले शिक्षा क्षेत्रमा भएका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । सुन्दर नेपाल संस्थाले दैलेख सदरमुकाममा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले शैक्षिक क्षेत्रमा देखिएका समस्या तत्काल सुधारको माग गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले शिक्षा क्षेत्रमा हुने सेवा प्रवाहमा प्रभावकारिताका र पारस्परिक हुनुपर्नेमा जोड दिए । हामीले आफ्नो ठाउँबाट निगरानी गर्नुपर्ने भन्दै अध्यक्ष थापाले शिक्षा क्षेत्रमा भएका हरेक समस्या सुधार गर्न जनप्रतिनिले नीति ऐन ल्याउनपर्ने बताए । उनले शिक्षा क्षेत्रमा भएका हरेक समस्यालाई समाधान गर्न राजनीतिक दलदेखि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय सेतो गुँरास बाल विकास सेवा दैलेखकी कार्यकारी निर्देशक राधा मल्लले शैक्षिक क्षेत्र सुधार गर्न इच्छा शक्तिको खाँचो रहेको बताइन् । उनले शिक्षा क्षेत्रमा भएका हरेक गतिविधिहरु सुधार गर्न आवश्यक रहेको बताइन् ।
कतिपय बालिकामा शिक्षा क्षेत्रको पहुँच भन्दा बाहिर रहेको भन्दै उनले विद्यालय तथा नेपालको सार्वजनिक शिक्षामै सुधार गर्न आवश्यक भएको बताइन् ।
कार्यक्रममा गैसस महासघंका अध्यक्ष महारुप खत्रीले शैक्षिक क्षेत्रमा भएका समस्याहरु समाधान गर्न नीतिगत सुधारको आवश्यकता रहेको बताए ।
उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर नभएको भन्दै यसका लागि सरोकारवाला पक्षसँग छलफल गर्ने र शैक्षिक क्षेत्रमा भएका गतिविधि सुधार गर्न ११ वटै पालिकामा ध्यानकर्षण पत्र बुझाउने समेत बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।