दैलेख- नागरिकहरूलाई बनेका ऐन कानुनको सामान्य जानकारी पनि नहुँदा विभिन्न समस्याहरू भोग्नु परेको सन्दर्भमा दैलेखको महाबु गाँउपालिकाले न्यायीक समितिको क्षेत्राधिकार तथा ऐन, कानून निर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
सामान्य समस्याहरूमा पनि सर्वसाधारणहरू प्रहरी र अदालत जाने क्रमलाई रोक्न तथा न्यायीक समिति र मेलमिलाप केन्द्रको भूमिका स्पष्ट गर्न कार्यक्रमको आयोजना गरिएको महाबु गाँउपानालिका प्रमुख प्रसासकीयअधिकृत भोलाराम पंगाली बताए । उनले भने कानूनका विषयमा जानकारी नहुँदा पनि क्षमा नहुने तथा नागरिकलाई न्यायीक समितिको विषयमा जानकारी गराउँदै न्यायीक समितिसम्म आउन सहजताको लागि कार्यक्रम संचालन गरिएको हो ।
यस्तै महाबु गाँउपालिका अध्यक्ष जंग बहादुर शाही समाजमा बाल बिबाह, बहु बिबाह, छुवाछूत कुप्रथा लागुपर्दाथलाई न्युनिकरण गर्नका सबैले सहयोग गरेर सभ्य समाज निर्माण लाग्न सबैलाई आग्रह गरे । महिला तथा पिछडिएका समुदायको उत्थान तथा विकासको लागि आम सचेत ब्यक्तिले लागेमा बाबिबाह , महिला हिंसा लगायत अन्य घटना न्युनिकरणमा टेवा पुग्ने गाँउपालिका अध्यक्ष शाही बताए ।
अभिमुखिकरण कार्यक्रममा न्यायिक सममितिको क्षेत्राअधिकार, कामकर्तब्य, अधिकार, संघिय प्रणालिको ब्यवास्था, न्यायिक समिति र मेलमिलाप केन्द्रको भुमिका, संविधानले गरेको मौलिका हक सम्बन्धी ब्यवास्था, लगाएतको ब्यवास्थका विषयमा जिल्ला सरकारी वकिल कार्यालय प्रमुख न्यायधिवक्ता हरी प्रसाद घिमिरेले सहजिकरण गरेका थिए ।
कार्यक्रमा दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले अपराधीलाई प्रहरीले नभई कानुनले सजाय दिने गरेको बताए । ‘प्रहरीले सञ्चालन गर्ने जतिपनि गतिविधि छन् ति सबै कानुनमा उल्लेख गरिएको व्यवस्थामा केन्द्रित रहेर कारबाही गर्दछौं ।शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसार, मानव बेचविखन, लैगिंक हिंसा नियन्त्रणमा प्रहरीले प्रहरीकोे महत्वपुर्ण भमिका हुने समाजमा हुने अपराध अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अत्य हुने प्रहरी प्रमुख साहले बताए।कार्यक्रममा महाबु गाँउपालिका भित्रका सबै वडाका वडाअध्यक्ष , जन प्रतिनिधि, कर्मचारी, शाखा प्रमुख तथा प्रतिनिधि,समाज सेवी, बुद्धिजिवि, लगाएतको उपस्थिति रहेको थियो ।