☰ open Loading... 16 November 2024|  

जुम्लाका स्याउ बगैंचामा असिना पानीले क्षति
  | २८ चैत्र २०७८, सोमबार ०५:३९

जुम्ला । शनिबार परेको असिना पानीले जुम्लामा स्याउको विरुवामा क्षति पु¥याएको छ । बगैंचामा ढकमक्क फूलेका स्याउमा असिना पानीले ठूलो क्षति पु¥याएको तिला गाउँपालिका–६ का डिल्ली रावतले बताए । उनले १० हजार स्याउका बुट्टा उत्पादन गरेका थिए । उनी पालिकाभित्रकै एक नमूना कृषक समेत हुन् ।

 

कालापहाडको भरमा घरधन्दा चलाउँदै आएका रावत अहिले गाउँमा स्याउ खेती गर्दै आएका थिए । स्याउबाटै वर्षमा लाखौं आम्दानी हुने गरेको रावतले बताए । तर शनिबार परेको असिना पानीले जुम्ला तिला गाउँपालिका वडा नम्बर ६ ,४ र ५ नम्बर वडाका अधिकांश स्याउ बगैंचामा क्षति गरेको रावतले बताए । यो वर्ष  स्याउ फुलेको देख्दा राम्रो फलदिने उनी आशामा थिए । तर शनिबार परेको असिना पानीले फूलहरु पूर्ण रुपमा नष्ट गरी बोट रित्तै बनाइ दिएको छ ।
८० प्रतिशतमा स्याउ बगैंचामा क्षति पु¥याएको उनले बताए ।

जुम्ली किसानको प्रमुख नगदेबालीका रुपमा रहेको स्याउको उत्पादन पछिल्लो समय घट्दै गएको छ । यस वर्ष असिना पानीले फूल झारेपछि विगतको भन्दा बढी स्याउ उत्पादन घट्ने भन्दै तिलाका किसान चिन्तित बनेका छन् । स्याउबाट आएको रकमले घर खर्च चलाउँदै आएका अर्का किसान भिम रावलले असिना पानीले बगैंचामा क्षति पु¥याएपछि चिन्तित बनेका छन् ।

 

‘यो वर्ष सबै आश मर्याे । फूल फुलेर राम्रोसँग ओइलाउन नपाउँदै असिना पर्दा ठूलो क्षति भएको छ’ उनले दुखेसो पोखे, ‘किसानलाई सँधै यो प्रकृतिक प्रकोपले पिडा दिने गरेको छ । कहिले पानी नपरेर सताउँछ त कहीले असिना पानीले बगाउँ छ ।’

गत कार्तिक महिनामा पनि बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति पु¥याएको थियो । अहिले पनि स्याउको फूल झारेर क्षति पु¥याएको छ । यसतर्फ स्थानीय, प्रदेश सरकार र सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीय किसानहरु बताउँछन् ।