| २८ चैत्र २०७८, सोमबार ०५:४८
मलेसिया ।सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङले नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। आईतबार मलेसियाको पेनाङमा सो कार्यक्रम सम्पन्न भएको हो । नयाँ बर्षको शुभकामना आदानप्रदान सँगै समाजका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र सुनार को बिदाई गरिएको छ । रोजगारको सिलसिलामा लामो समय देखि मलेसियाको पेनाङ राज्यमा रहेर सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको संरक्षण तथा समाज लाई ठुलो योगदान पुर्याउनु भएको थियो ।
मलेसियाको आफ्नो करार अवधिलाई अन्त्य गर्दै अर्को महिना अर्थात मे १ तारिख सुनार स्वदेश फर्किदै हुनुहुन्छ । यसैगरी खेलाडी हरुलाई पनि सम्मान गरेको छ ।जनउद्धार केन्द्र मलेसियाले आयोजना गरेको भलिबल प्रतियोगितामा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङको टिम प्रथम भएको थियो । उक्त प्रतियोगितामा सहभागी भएका खेलाडी हरुलाई संस्थाका अध्यक्ष शिव बहादुर ऐरले प्रमाण पत्र सहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङका अध्यक्ष शिव बहादुर ऐरको सभापतित्वमा भएको उक्त कार्यक्रमको सहजीकरण सचिव प्रकाश कार्किले गर्नु भएको थियो ।