☰ open Loading... 5 February 2025|  

सुर्खेत उद्योग वाणिज्य संघको चुनाव हुँदै
  | २९ चैत्र २०७८, मंगलवार ०५:५५

लामो समयको विवादपछि सुर्खेत उद्योग वाणिज्य संघको चुनावका मिति तय गरिएको छ। दुई खेमाबीच सहमतिपछि आगामी वैशाख ४ गते चुनावको मिति तय गरिएको हो।

मतदाता संख्या लगायत अन्य आन्तरिक विवादका कारण विभिन्न मितिमा तय गरिएको चुवान सारिएको थियो। नयाँ नेतृत्वका लागि तत्कालीन महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन्। कँडेलको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमबहादुर पौडेल लगायत सदस्यहरुमा उम्मेद्धावारी दिएका हुन्।

त्यस्तै खड्का प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत,वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी, उपमहासचिवमा पूर्णदेव अधिकारी,कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सहकोषाध्यक्षमा सूर्य केसी लगायत सदस्यहरुमा पनि उम्मेदवारी दिईएको छ। कँडेल काँग्रेस संस्थापक ईतर समुह र खड्का काँग्रेस संस्थापन समुह नजिक रहेका छन्।