कोहलपुर । आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक उम्मेद्वारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरु चुनावी अभियानमा जुटेका छन् । पछिल्लो समय युवा नेताहरुले राजनीतिकमा सक्रिय देखिन थालेका छन् ।
कोहि पुरानै जनप्रतिनिधि दोहोरिन खोजीमा छन् त अधिकांश नयाँ युवा पुस्ता उम्मेद्वार घोषण गरेका छन् । स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गाउँगाउँदेखि टोलटोलमा भेला, सभालगायत कार्यक्रम शुरु हुने गरेका छन् । अहिले पछिल्लो समयमा जनता पनि केही सचेत भएको स्थानीय सुन्दर चिडिमारले बताए ।
जनप्रनिधि नयाँ आए तर आश्वासन र प्रतिबद्धता पुरानै भएको बताए । पूर्वाधार विकासदेखि गरिबी हटाउने र युवालाई रोजगारी दिने आश्वासन दिन्छन् । तर निर्वाचनबाट जितेर जाँदा फेरि फर्केर नहेर्ने गरेको बताए । विकास र रोजगारी दिने आश्वासन पहिले पनि दिए तर त्यसअनुसार काम गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन ।
पाँच वर्षअघि नेताहरूले जे भनेर भोट मागे, यसपटक फेरि तीनै नारा लिएर भोट मागिरहेका नेपालगन्ज–४ बसपार्कका रासीद सल्मानीले बताए । कांग्रेस, माओवादी केन्द्र, जसपा र प्रतिपक्षी दल एमालेले चुनावको तयारीमा जोडतोडले लागेका छन् । उम्मेद्वारको टुंगो नलागे पनि वडा कार्यक्रम शुरु गरेका छन् ।
कांग्रेसले लोकतन्त्र र विकासको मुद्दालाई बढी उठाइरहेको छ भने माओवादीले अधिकार, सीमान्त वर्गको उत्थानको नारा दिएको छ । एमालेले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता र जसपाले पहिचानको मुद्दालाई उठाइरहेका छन ।
‘दलहरूले पुरानै नारा दोहो¥याइरहेको छन् । आश्वासन त दिन्छन् तर पूरा गरेका छैनन्’ उनले भने । अब जनताले हाम्रो भन्दा पनी राम्रो व्यक्तिलाई भोट हाल्न उनले आग्रह गरे । उनले भने, ‘देशको विकास गर्न सक्ने सक्षम व्यक्ति रोज्न जरुरी छ ।’