☰ open Loading... 17 November 2024|  

गठबन्धन सरकार आफन्त भर्ती केन्द्र बन्यो : अध्यक्ष ओली
  | १ बैशाख २०७९, बिहीबार ०५:१६

सुनसरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सेटिङमा गठन गरिएको वर्तमान गठबन्धन सरकार आफन्त भर्ती गर्ने केन्द्र बनेको आरोप लगाएका छन् ।

बुधबार सुनसरीको इनरुवामा आयोजित एमालेको सभालाई सम्बोधन गर्दै ओलीले देश आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार भाइ–भजिता, छोरा–बुहारी र साला–साली भर्ती गर्न व्यस्त रहेको बताए ।अध्यक्ष ओलीले एमालेले सरकार छाड्नेवित्तिकै देशको आर्थिक अवस्था ध्वस्त भएकोबताए । आगामी तीनै तहको निर्वाचन जितेर देशलाई सही दिशामा फर्काउने उनको भनाइ छ ।

अध्यक्ष ओलीले देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसँग डराएको दाबी गरे । प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, मोटरबाटो र पक्की पुल बनाएर लोकप्रिय काम गरेकाले प्रतिक्रियावादीहरूले अदालतसँग मिलर आफूलाई हटाएकोउनको आरोप छ ।