सुर्खेत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जाजरकोटले स्थानीय तहलाई लक्षित गर्दै जाजरकोटमा यूथ फोर्स हाइकमाण्ड गठन गरेको छ।
जिल्लाका हरेक पालिकामा स्थानीय तह लक्षित गरी यूथ फोर्सले हाइकमाण्ड गठन गरेको हो ।युवा संघ नेपालका केन्द्रीय सचिव राजन थापाका अनुसार विगतका चुनावमा विभिन्न राजनीतिक तथा गैर राजनीतिक दलहरूबाट हुन सक्ने गैर राजनीतिक गतिविधिलाई नियन्त्रण गर्न हाइकमाण्ड गठन गरिएको बताए ।
यस्तै, सन्देश सिंह र हेमन्त हमाललाई पनि उपप्रमुखको जिम्मा दिइएको हो ।शिवालय गाउँपालिकामा ललित बिसी, छेडागाड नपामा गणेश बस्नेत, जुनिचाँदे गाउँपालिकामा पञ्चराज शाही, भेरी नपामा कर्ण विष्ट, नलगाड नपामा रामु विक, वारेकाट गाउँपालिकामा विनोद सिंह र कुशे गाउँपालिकामा विश्वकुमार सिंहलाई प्रमुख तोकिएको हो ।
‘विगतमा केही उच्श्रृंखल तत्त्वले चुनावलाई प्रभावित पार्न साम दाम दण्ड भेद अपनाउने गरेका थिए । जसबाट जनताले त्रसित बन्नु पर्ने अवस्था थियो,’ उनले भने, ‘अब त्यो अवस्थाको अन्त्य युवा संघ र यूथ फोर्स मिलेर गर्छ । जनताको सुरक्षा गर्न हामी अघि बढ्छौँ ।’कर्णालीका दश जिल्लामा सबैभन्दा पहिलो संघले जाजरकोटमा ‘यूथ फोर्स हाइकमाण्ड’ गठन गरेको हो ।