नेकपा एमालेले कोहलपुर नगरपालिकाको १५ वडामध्ये १२ वटा वडामा उम्मेद्वारको टुंगो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेद्वारको छनौट गरेको एमाले कोहलपुर नगर कमिटीले जनाएको छ ।
नगर कमिटीका अनुसार वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेद्वार छनोट गरी माथिल्लो कमिटीमा सिफारिस गरिसकेको छ । वडाध्यक्षको लागि वडा नम्बर १ बाट रुद्र खनाल, वडा नम्बर ३ बाट माधव रिजाल, वडा नम्बर ४ बाट सफि मोहम्मद गुजर, वडा नम्बर ५ बाट दिपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ बाट परदेशी थारु सर्वसम्मत रुपमा छनोट भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ बाट ठग्गा थारु, वडा नम्बर ९ बाट नन्दराम थारु, वडा नम्बर १० बाट हेमकुमार रावत, वडा नम्बर १२ बाट टेकबहादुर शाही, वडा नम्बर १३ बाट रुपसिंह डाँगी, वडा नम्बर १४ बाट ज्ञानेन्द्र थापा र वडा नम्बर १५ बाट मोहन थारु वडाध्यक्षको उम्मेदवारको लागि छनोट भएका छन् । वडा २, ८ र ११ मा अध्यक्षका आकांक्षीहरु धेरै भएकोले सर्वसम्मत रुपमा उम्मेद्वार छनोट गर्न कठिन परेको छ ।
चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठकहरु सहमति विनै टुंगिएको छ । नेपाली कांग्रेस, माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनमोर्चाबीचमा जिल्लास्तरमा सहमति हुन नसकेपछि तल्लो कमिटीलाई अधिकार दिइएको छ ।
नेपाली कांग्रेसले नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीको नेतत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीको मेयर दाबी गरेको छ । आइतबार बसकेको बैंठक पनि सहमति विना सकिएपछि काग्रेस र माओवादीको आ–आफ्नै दावीका कारणले गठबन्धन हुने वा नहुने अन्यौल बढेको छ ।